मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/shares/images-4.jpg

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

मकवानपुर घर भई ललितपुर बस्ने २० वर्षीय प्रशान्त खत्री, मकवानपुरकै २७ वर्षीय समिर रुम्बा र मकवानपुरका २७ वर्षीय निमा रुम्बालाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खत्रीलाई काठमाडौंको तारकेश्वर नगरपालिकास्थित पुरानो गुह्येश्वरीबाट र रुम्बाद्वयलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।

ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ‘ह्विल’ तथा ‘चेनलक’, ‘ह्यान्डिल’ र ‘डिस्कलक’, सुरक्षा साइरनहरू जडान गर्न तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सबैलाई अनरोध गरेको छ ।

कार्यालयले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।


Facebook Comments