शर्माको प्रश्न– नेतालाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १७:००
Image of https://mayorsap.com/storage/photos/shares/biswoprakash-shrma.png

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले नेताहरूको कार्यक्रममा जेन–जी युवाहरूले अवरोध गरेपछि बाराको सिमरामा सरकारले लगाएको कफ्र्यूको विरोध गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले प्रश्न गरेका छन्, “सिमरा घटना दुःखद, प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण, एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?”

शर्माले एमाले नेताहरूलाई आफ्नो कुरा राख्न कतै पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैले पनि कुण्ठित गर्न नमिल्ने बताएका छन् । यसो गर्दा झनै द्वन्द्व बढ्ने उनको तर्क छ ।

उनले नेताहरूले आवेगका अभिव्यक्ति दिएको भए पनि उनीहरूलाई संयमले बोल्न आग्रह गर्नुपर्ने तर भ्रमण नै रोक्न नहुने बताएका छन् । यो समय संयम र एकता राख्नुपर्नेमा जोड दिएका छन् ।

शर्माले सिमरा घटनालाई जेन–जीको भावना नभई त्यसको दुरुपयोग भएको ठहर गरेका छन् । उनले निषेधको राजनीति कसैले पनि नगर्न आग्रह गरेका छन् ।

सिमरामा युवा जागरण अभियानमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जाने क्रममा जेन–जी र युवा संघबीच झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको थियो ।


Facebook Comments