सिमरा घटना संवेदनशील छ, सरकारको ध्यानाकर्षण होस् : रास्वपा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ३ गते १८:३१
Image of https://mayorsap.com/storage/photos/shares/rastra-swatantra-party.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा एमाले नेताहरूको कार्यक्रमलाई लिएर भएको झडप र तनावको घटनालाई संवेदनशील भएको बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले घटनाको विषयमा सरकारको आवश्यक ध्यानाकर्षण हुनुपर्ने माग गरेको छ ।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार पार्टीले सबै राजनीतिक दलहरूलाई सार्वजनिक कार्यक्रम आयोजना गर्ने अधिकार हुनुपर्ने र सरकारले त्यस्ता कार्यक्रमका लागि पर्याप्त सुरक्षा उपलब्ध गराउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रवक्ता झाले भने, ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ... आज सिमरामा भएको घटना संवेदनशील छ । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं ।’


Facebook Comments