बैंकिङ कसुरको आरोपमा प्रभु बैंकका सिइओ शेरचन पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर १४ गते १७:१२
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ ।
सीआईबीले शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले पक्राउ गरिएको पुष्टि गर्दै बाँकी कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने जानकारी दिए ।
यसअघि, सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि बैंकिङ कसुरमा पक्राउ गरेको थियो, जो हाल हाजिर जमानीमा रिहा भइससकेका छन् ।
Facebook Comments