बाजुरामा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर १५ गते १०:११
बाजुरा । नेकपा एमाले बाजुराले सर्वसम्मत प्रतिनिधी छनौट गरेको छ। १६ जना महाधिवेशन प्रतिनिधी छनौटमा कुनै प्रकारको विवाद नभई सहज रुपमा सर्वसम्मत प्रतिनिधी छनौट भएको हो।
प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले सर्वसम्मत प्रतिनिधी छनौटले पार्टीमा कुनै विवाद नभएको बताए । उनले बाहिर गरिएको हल्ला र भ्रम जस्तो विभाजन र विवाद एमाले भित्र नरहेको दाबी समेत गरे ।
लोकतन्त्रको सर्वश्रेष्ठ सर्वसम्मतीको विधीलाई कार्यान्वयन गर्न एमाले बाजुुरा सफल भएको अध्यक्ष ओलीको भनाइ थियो । नेकपा एमाले बाजुराले पार्टीको ११ औं महाधिवेशनका लागि मंसिर १३ गते ७ जना खुला, ४ जना महिला, ४ जना दलित र एक जना ४० मुनिको युवा गरि १६ जना प्रतिनिधी सर्वसम्मत चयन गरेको छ ।
यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११ औं महाधिवेशनका लागि बाजुराबाट १६ जना प्रतिनिधी छनोट भएका हुन्। खुला, महिला, दलित र युवा कोटा गरी जम्मा १६ जना प्रतिनिधी सर्वसम्मत छानिएका हुन्। प्रतिनिधी छनोटमा खुला तर्फ ७ जना छन् । जसमा लालबहादुर ओली, जनक कुमार बोहरा, बल्देव रेग्मी, गगन रावल भरत थापा, मनलाल विष्ट, मेघराज शाही छन् ।
महिला तर्फ ४ जना छन्। जसमा सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ । दलित तर्फको ४ जनाको कोटामा काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्कीलाई छनोट गरिएको हो । त्यस्तै ४० वर्ष मुनिको युवा कोटामा प्रभावशाली युवा नेता नरेश रोकाया सर्वसम्मत बनेका हुन् ।
Facebook Comments