कुलमानसँगको सहमति भंग : आफ्नै पार्टीबाट चुनावमा जाँदै खगेन्द्र
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १५:३९
काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नै निर्वाचन चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’बाट भाग लिने भएको छ ।
यसअघि मङ्सिर १० गते कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’सँग ‘बलेको चिम’ निर्वाचन चिह्न प्रयोग गर्नेगरी दुई पार्टीबीच सहमति भएको थियो ।
तर, कानुनी झमेला आउन सक्ने भएपछि सो सहमतिबाट अलग हुँदै ‘हाम्रो पार्टी नेपाल’ले आफ्नै चिह्न प्रयोग गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगका अनुसार, पूर्वसहमति पुनरावलोकन गरी मङ्सिर १६ गते ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ चिह्नबाट निर्वाचनमा सहभागी हुनका लागि पार्टी दर्ता गरिएको छ ।
Facebook Comments