नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ
विशेष अदालतमा मुद्दा दायर
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १५:०९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरी भ्रष्टाचारको मुद्दा दायर गर्न विशेष अदालतमा पुर्याएको छ ।
अख्तियारले महानिर्देशक अधिकारीसहित तत्कालीन महानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको हो ।
विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार यो प्रकरणमा कुल ६ जना व्यक्ति र एउटा संस्था विरुद्ध भ्रष्टाचारको मुद्दा पेस भएको छ ।
पक्राउ परेका अधिकारी र भण्डारीलाई अख्तियारले मुद्दा दर्ताका लागि विशेष अदालतमा उपस्थित गराएको हो ।
Facebook Comments