मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा घोषणा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १५:०२
Image of https://mayorsap.com/storage/photos/shares/rajinama.jpg

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामाको घोषणा गरेका छन् ।

बुधबार विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सम्बोधनका क्रममा आजकै मितिबाट राजीनामा दिने बताएका हुन् ।

सर्वोच्च अदालतले संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको हैसियतमा नियुक्त यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश जारी गरेको थियो ।

मुख्यमन्त्रीले सम्बोधन गर्न थालेपछि काँग्रेससहितका विपक्षी दलका सांसदहरू बैठक छाडेर निस्केका थिए । उनले विपक्षी दलका सांसदहरूले आँखा जुधाउन नसकेकाले सदनबाट भागेको टिप्पणी गरे ।

यादव नेकपा एमालेको संसदीय दलका नेताको हैसियतमा गत कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।


Facebook Comments