ग्लोबल आइएमई बैंकका प्रयोगकर्तालाई आइफोन–१७ जित्ने मौका

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १४:५६
Image of https://mayorsap.com/storage/photos/shares/untitled-designpdf_9.jpg

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै मोबाइल बैंकिङ्ग (ग्लोबल स्मार्ट प्लस) मार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।

यही मङ्सिर १५ गतेदेखि पौष २५ गते सम्मको अवधिमा ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्ट प्रयोग गरी न्यूनतम ३ पटक रकमान्तर गर्ने दुई जना भाग्यशाली ग्राहकलाई बैंकले आइफोन १७ प्रदान गर्नेछ ।

यसका साथै, फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेबापत योजना अवधिभर हरेक दिन सामसुङ इयरबड जित्ने अवसर समेत रहेको छ ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको यो पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टरसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले बैंक अफ द इयर २०१४, वेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ जस्ता थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ ।


Facebook Comments