लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर
मेयरसाप डेस्क
|
२०८२ मंसिर १७ गते १४:४९
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफ प्रवेशको रोमाञ्चक समीकरणका लागि विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स बीचको खेल सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिले ब्याटिङ गरिरहेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्सले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेमा विराटनगर एक खेल अगावै प्लेअफमा पुग्ने निश्चित हुनेछ ।
रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले पाँच खेलबाट चार अङ्क मात्र जोडेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई यो खेल जित्नैपर्ने दबाब छ ।
Facebook Comments