ललितपुर महानगरपालिकाका सबै नयाँ संरचना अपाङ्गतामैत्री

गाडी खरिदका लागि टेन्डर आह्वान

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १७ गते १४:२४
Image of https://mayorsap.com/storage/photos/shares/aaa_2.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले निर्माण गरेका सबै संरचनाहरू अपाङ्गतामैत्री भएको बताएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले महानगरले हालसम्म निर्माण गरेका लगभग २३–२४ वटा वडा कार्यालय र धेरै वटा विद्यालयहरू अपाङ्गतामैत्री रहेको जानकारी दिए ।

मेयर महर्जनले गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा पाटन क्षेत्रको अवलोकन लाई समेत अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज बनाइएको उल्लेख गरे ।

उनका अनुसार, जलाइएको अपाङ्गतामैत्री गाडीभन्दा राम्रो प्रविधि भएको अर्को गाडी खरिदका लागि टेन्डर आह्वान भइसकेको छ ।

साथै, महानगरपालिकाले दुई वटा दम्कल (दमकल) खरिद प्रक्रिया पनि अगाडि बढाएको मेयर महर्जनले बताए ।


Facebook Comments