मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते ०९:५५
Image of https://mayorsap.com/storage/photos/shares/photo-35.jpg

जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजेसम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए । 

'मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौ,' उनेल भने । सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।
लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ ।  


Facebook Comments