देशको नेतृत्व गरेर सिङ्गो मुलुकलाई उज्यालो बनाउँछु : मन्त्री घिसिङ
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ११:०४
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आफू अब देशको नेतृत्व गरेर सिङ्गो देशलाई नै उज्यालो बनाउन चाहेको बताएका छन् ।
सुनापती गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै, मन्त्री घिसिङले ऊर्जा क्षेत्रमा देशलाई उज्यालो बनाएको भन्दै अब देशको नेतृत्व गर्न आवश्यक रहेको दाबी गरे ।
‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ, त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ’, उनले भने, ‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ ।’
मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न र आगामी फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गरेर आफ्नो पार्टीलाई जिताउन आग्रह गरे ।
उनले रु ७ करोड ९० लाख भन्दा बढी लागतमा निर्माण भएको सुनापती आधारभूत अस्पतालको उद्घाटन गरे । २०७७ मा शिलान्यास भएको यो भवनबाट एक वर्ष अघिदेखि नै सेवा प्रदान हुँदै आएको थियो ।
Facebook Comments