बुढिगंगामा टोल–टोलमै निःशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा
गर्भवती महिलालाई ठूलो राहत
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०२:५२
बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकाले गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै टोल–टोलमै पुगेर निःशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा सञ्चालन गर्न थालेको छ ।
नगरपालिकाले गैरसरकारी संस्थाको सहकार्यमा सबै १० वटै वडामा मासिक रूपमा स्वास्थ्यकर्मीको टोली पठाएर यो सेवा उपलब्ध गराउँदै आएको नगर प्रमुख रामबहादुर बाँनियाले बताए ।
यस कार्यक्रम अन्तर्गत गर्भवती महिलाका लागि अल्ट्रासाउन्ड, रक्तअल्पता, सुगर, पिसाब जाँच लगायत आवश्यक परीक्षणहरू निःशुल्क उपलब्ध गराइन्छ ।
यसअघि सामान्य चेकजाँचका लागि पनि सदरमुकाम मार्तडी धाउनुपर्ने बाध्यताबाट महिलाहरूले मुक्ति पाएका छन् ।
बुढीगंगा–८ की निर्मला कुमालले गाउँमै सेवा पाएपछि समय, खर्च र शारीरिक मेहनतको बचत भएको बताए ।
नगरपालिकाको यो प्रक्रियाले स्थानीय महिलाहरूको स्वास्थ्य अवस्था सुधारमा सहयोग पुगेको नगर प्रमुख बाँनियाले जानकारी दिए ।
Facebook Comments