एमाले केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताबीच हात हालाहाल
महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते १७:२०
काठमाडौं । नेकपा एमालेको आसन्न महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यालय च्यासल पुगेका कार्यकर्ताहरूको दुई समूहबीच हात हालाहालको अवस्था सिर्जना भएको छ ।
आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएको भन्दै असन्तुष्टि पोख्न च्यासल पुगेका थिए ।
उनीहरूले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर असन्तुष्टि राखिरहेका बेला च्यासलमै रहेका अर्को समूहसँग उनीहरूको चर्को विवाद भई हात हालाहाल भएको हो ।
असन्तुष्ट पक्षले डेढ वर्षसम्म पनि पार्टीभित्र विधि नमिलेको भन्दै चर्को स्वरमा आपत्ति जनाएका थिए । एमालेको महाधिवेशन उद्घाटन आगामी मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ ।
Facebook Comments