प्रहरी हवलदारकाे ह*त्याका फरार अभियुक्त ७ महिनापछि पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते १७:१९
काठमाडौं । गत चैतमा लमजुङमा भएको पूर्व प्रहरी हवलदार सीता कँडेलको बीभत्स हत्याका मुख्य अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ महिनापछि पक्राउ गरेको छ ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले आज (शुक्रवार) दिएको जानकारीअनुसार हत्यामा पक्राउ पुर्जी जारी गरिएका चितवन, रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो ।
सीआईबीको टोलीले दराईलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियास्थित सडकबाट नियन्त्रणमा लिएको हो ।
४५ वर्षीया पूर्व प्रहरी हवलदार सीता कँडेल २०८१ चैत ३१ गते लमजुङको बेँसीसहर नगरपालिका–२, भकुण्डेस्थित आफ्नै घरभित्र मृत भेटिएकी थिइन् ।
ताल्चा लगाएको घरबाट दुर्गन्ध फैलिएपछि प्रहरीले खानतलासी गर्दा उनको शव बक्स पलङको ओछ्यानमुनि त्रिपालले बेरिएको अवस्थामा भेटिएको थियो ।
थप अनुसन्धानका लागि पक्राउ परेका दराईलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा बुझाइएको सीआईबीले जनाएको छ ।
Facebook Comments