सरकारी विद्यालयको जग्गा दुरुपयोगमा सर्वोच्चले लगायो रोक

अख्तियारलाई खुल्यो अनुसन्धानको बाटो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते १७:१९
Image of https://mayorsap.com/storage/photos/shares/sarba.jpg

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विद्यालयको सम्पत्ति भाडामा लगाउने वा आम्दानीका नाममा दुरुपयोग गर्ने कार्यमा रोक लगाएको छ ।

न्यायाधीशद्वय शारंगा सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधवार फैसला सुनाउँदै सरकारी विद्यालयको सम्पत्ति ‘सरकारी सम्पत्ति’ हुने भएकाले गाउँपालिका वा विद्यालय व्यवस्थापनले व्यवस्थापनको नाममा जथाभाबी प्रयोग गर्न नपाउने आदेश दिएको हो ।

यो आदेश काभ्रेको चौरी देउराली गाउँपालिकास्थित प्रभा उच्च माविको जग्गा कृषि उपज केन्द्रलाई भाडामा दिने गाउँपालिकाको २०७६ पुसको सम्झौतासम्बन्धी विवादमा आएको हो ।

अदालतले गाउँपालिकाको उक्त निर्णय बदर गरिदिएको छ ।

सम्पत्ति दुरुपयोगको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न सक्ने आदेश पनि सर्वोच्चले दिएको छ । निवेदकहरूले यसअघि नै अख्तियारमा निवेदन दिए पनि कारबाही नभएपछि सर्वोच्च पुगेका थिए ।


Facebook Comments