लुम्बिनीविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर

प्लेअफको लागि निर्णायक खेल

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते १७:२१
Image of https://mayorsap.com/storage/photos/shares/lumbini-janakpur.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीचको महत्त्वपूर्ण खेल सुरु भएको छ ।

टियू क्रिकेट मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिल साहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

यो खेल प्लेअफको अन्तिम स्थानका लागि निर्णायक मोडमा छ ।

६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनी लायन्सले यो खेल जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफको दौडबाट बाहिरिनेछन् ।

५ खेलबाट मात्र २ अङ्क पाएको जनकपुरलाई प्लेअफको झिनो आशा कायम राख्न यो खेल ठूलो अन्तरले जित्नैपर्ने बाध्यता छ ।


Facebook Comments