मधेसमा कांग्रेसको नेतृत्वमा सात दलीय सरकार बन्ने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते १७:१९
Image of https://mayorsap.com/storage/photos/shares/madhesh-pradesh.jpeg

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सातवटा राजनीतिक दलहरूबीच सहमति भएको छ ।

सहमतिअनुसार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन गर्न लागिएको हो ।

सात दलीय गठबन्धनले मुख्यमन्त्रीमा यादवको नाम टुङ्गो लगाएपछि नेताहरूले शुक्रबार नै प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका छन् ।

लोसपाका सांसद उपेन्द्र महतोका अनुसार प्रदेश प्रमुखले दिएको समयभित्रै बहुमतसहितको सरकार गठन गर्न दाबी पेस गर्ने तयारी गरिएको हो ।


Facebook Comments