महाराजगञ्जमा ओली र देउवाबीच भेटवार्ता, के भयाे कुराकानी?
जेन–जी आन्दोलनपछि पहिलो भेट
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते १८:२५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज दिउँसो देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएयता देउवा–ओलीबीच यो पहिलो भेटवार्ता भएको हो ।
यसअघि उनीहरूबीच सत्ता साझेदारी रहेको थियो । भेटवार्तामा ओली र देउवासँगै आरजु राणा र राधिका शाक्य पनि सहभागी थिए ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूबीच कुराकानी भएको बताइएको छ ।
Facebook Comments