हेटौँडामा लामो समयदेखि रोकिएको सडक भोलिदेखि विस्तार हुने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १९ गते ११:०५
Image of https://mayorsap.com/storage/photos/shares/sadak.jfif

हेटौँडा । हेटौँडामा लामो समयदेखि रोकिएको सडक विस्तार कार्य भोलिदेखि औपचारिक रूपमा सुरु हुने भएको छ ।

सडक डिभिजन कार्यालयको सूचनापछि आवश्यक सबै तयारी पूरा गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, जिल्ला सुरक्षा समितिले पछिल्लो अवस्थाको सूक्ष्म अध्ययन गर्दै विस्तृत सुरक्षा योजना पारित गरिसकेको छ । 

ठूलो सुरक्षा चुनौती नदेखिएको र स्थानीय तथा व्यवसायीको सहयोग रहेको उनले बताए ।

अदालतको आदेशअनुसार ’राइट अफ वे’ खाली गर्ने प्रक्रिया स्थानीयको सहकार्यमा अगाडि बढेको प्रशासनले दाबी गरेको छ । 

प्रजिअ अधिकारीले उत्तेजनात्मक गतिविधि नगर्न आग्रह गर्दै गैर–कानुनी गतिविधिमा संलग्न भए कडाइका साथ कारबाही हुने चेतावनी दिएका छन् ।


Facebook Comments