एनपीएल : जनकपुरले लुम्बिनीलाई दियाे १३३ रनको लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ०२:५३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत प्लेअफको अन्तिम स्थानका लागि निर्णायक खेलमा लुम्बिनी लायन्सले जितका लागि १३३ रनको लक्ष्य पाएको छ ।
टियू क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको हो ।
जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । मायन यादव २७ रनमा अविजित रहँदा आसिफ शेखले २० रनको योगदान दिए ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्ले समान दुई–दुई विकेट लिए भने जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक–एक विकेट लिए ।
यो खेल लुम्बिनीले जितेमा प्लेअफमा प्रवेश गर्नेछ र बाँकी तीन टोली बाहिरिनेछन् । जनकपुरले भने प्लेअफको सम्भावना कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।
Facebook Comments