न्यायाधीशलाई धम्क्याएको आरोपमा तिमल्सिना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १७:४०
काठमाडौं । ललितपुर गोदावरी घर भएका राजकुमार तिमल्सिनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय ‘डार्क फाइल नेपाल’ नामक अभियान सञ्चालन गरिरहेका तिमल्सिनाले विभिन्न न्यायाधीशहरूलाई धम्की दिँदै आएको प्रहरीको दाबी छ ।
धम्की र विवादित गतिविधिका कारण निगरानीमा रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा पोखरामा फेला पारिएको हो ।
उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि काठमाडौं ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments