मकवानपुरमा लागुऔषध गाँजासहित ७ जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ पुष १६ गते १८:००
हेटौँडा । मकवानपुर प्रहरीले ५ किलो ७५० ग्राम लागुऔषध गाँजासहित सात जनालाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–७ स्थित महेन्द्र राजमार्गमा सवारी चेकजाँचका क्रममा हेटौँडाबाट विराटनगरतर्फ जाँदै गरेको बसबाट उक्त गाँजा बरामद गरिएको हो ।
बा.प्र.०१–००६ ख ७७०१ नम्बरको बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा गाँजा फेला परेपछि संलग्न सातै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी उपरीक्षक (एसपी) सुभाषचन्द्र बोहोराले लागुऔषध ओसारपसार र कारोबार विरुद्ध प्रहरीले निगरानी र चेकजाँचमा कडाइ गरेको बताए । गैरकानुनी कार्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने उनको प्रतिबद्धता छ।
Facebook Comments