नवलपरासीको टायल्स उद्योगमा दुई मजदुर मृ*त भेटिए

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १३:४५
Image of https://mayorsap.com/storage/photos/shares/death-body-900px_1.jpg

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटस्थित एक टायल्स उद्योगमा दुई जना मजदुर मृत अवस्थामा भेटिएका छन् ।

बर्दघाट नगरपालिका–१२ कजडैयामा रहेको उद्योगमा कार्यरत नवलपरासीका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेशका ३० वर्षीय विनोद कुमार बिहीबार बिहान मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार बुधबार राति ८ बजेदेखि ग्यासी फायरमा ड्युटीमा खटिएका उनीहरू पोकिङ फ्लोरमा सुतेकै अवस्थामा मृत भेटिएका थिए । मृतकको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए ।

यता, मृतकका आफन्तले भने घटना शंकास्पद भएको दाबी गर्दै दोषीमाथि छानबिन र कारबाहीको माग राखेर उद्योग घेराउ गरी प्रदर्शन गरिरहेका छन् । अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरी अनुसन्धान अघि बढाइएको छ ।


Facebook Comments