बन्दसूची विवादबारे रविले भने– प्राइमरी जित्दैमा नाम पर्ने निश्चित हुँदैन

User Image मेयरसाप डेस्क | २०८२ पुष १७ गते १४:००
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane-5rvurnobpv.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक बन्दसूचीलाई लिएर चर्किएको विवादमा सभापति रवि लामिछानेले मुख खोलेका छन् । उनले पार्टीको ’प्राइमरी इलेक्सन’को नतिजा मात्रै बन्दसूचीको आधार नभएको प्रष्ट पारे ।

लामिछानेका अनुसार, प्राइमरी इलेक्सनको मतभार ५० प्रतिशत मात्र रहने र बाँकी ५० प्रतिशत मूल्यांकनका आधारमा तय हुने भएकाले मतदान जित्दैमा नाम सूचीमा पर्ने ग्यारेन्टी हुँदैन । पार्टीभित्रैबाट उठेका असन्तुष्टि र देखिएका कमीकमजोरीलाई समयमै संशोधन गरिने उनको भनाइ छ ।

केही उम्मेदवारलाई आफूले नै नाम फिर्ता लिएर प्रत्यक्षतर्फ चुनाव लड्न आग्रह गरेको खुलासा गर्दै उनले आवश्यक परे पार्टीले निर्देशन नै दिने बताए । ‘हामी विधिभन्दा बाहिर गएर कसैलाई बोक्ने बाध्यतामा छैनौँ,’ लामिछानेले भने ।


Facebook Comments