नवलपुरमा १४ करोडको लगानीमा नगर अस्पताल निर्माण

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते ११:००
Image of https://mayorsap.com/storage/photos/shares/aspatal.JPG

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ ।

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । भवन निर्माणसँगै विशेषज्ञसहितको  सेवालाई  प्रवाह गरिने उनको भनाइ छ । 

अस्पतालमा हप्ताको ६ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा,  आँखा र दन्त उपचार हुँदै आएको छ । अस्पतालले अहोरात्र सेवा प्रदान गर्दै आएको छ ।


Facebook Comments