सुन–चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ किनबेच?

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते ११:०७
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi.jpg

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । 

आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।


Facebook Comments