शुक्लाफाँटाको टोटी खोलामा पक्की पुल निर्माण सुरु

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते ११:२०
Image of https://mayorsap.com/storage/photos/shares/img20251225143917.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । नगरपालिकाको सीमित आन्तरिक बजेटले ठूला आयोजना सम्पन्न गर्न कठिन भएपछि प्रदेश सरकारको लगानीमा यो पुल निर्माण थालिएको हो ।

वडाध्यक्ष लालबहादुर ऐरका अनुसार, पुल निर्माणका लागि प्रदेश सरकारबाट ३ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । निर्माण कम्पनीसँग भने २ करोड ९८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम अगाडि बढाइएको छ ।

झलारी क्षेत्रको आवागमनलाई सहज बनाउन यो पुल कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । लामो समयदेखि खोलामा पुल नहुँदा वर्षायाममा स्थानीय बासिन्दाले खेप्दै आएको सास्ती अब अन्त्य हुने वडा कार्यालयले जनाएको छ ।


Facebook Comments