सन् २०२६ लोकतन्त्र र संविधान पुनरुत्थानको वर्ष बन्नुपर्छ : ओली
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते ११:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष सन् २०२६ लाई लोकतन्त्र र संविधानको पुनरुत्थानको वर्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार साँझ प्रवासी नेपाली मञ्चको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा मिचिएको संविधान र भत्काइएको लोकतन्त्रलाई यस वर्ष पुनः मजबुत बनाउनुपर्ने बताए ।
अध्यक्ष ओलीले गत वर्षलाई नेपालका लागि दुःखद वर्षको संज्ञा दिँदै देशमा लोकतन्त्र विस्थापनको गम्भीर सिलसिला सुरु भएको दाबी गरे ।
जननिर्वाचित सरकार ढल्नुलाई जनताको सार्वभौमसत्तामाथिको प्रहार भन्दै उनले वर्तमान सरकारलाई असंवैधानिक र संसद् विघटनलाई अनधिकृत कदमको रूपमा चित्रण गरे ।
नेताहरूमाथि झुटा मुद्दा लगाउने, अशान्ति मच्चाउने र बुथ कब्जा गर्ने जस्ता गतिविधि भएमा निर्वाचन लोकतन्त्र मास्ने नाटक मात्र हुने उनको तर्क छ ।
Facebook Comments