लौकही घटना : गोली चलाउने सशस्त्र प्रहरीका हवलदार पक्राउ
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते १२:१५
विराटनगर । सुनसरीको लौकहीमा सफारी चालक विजय साहको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदार पक्राउ परेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदारलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको शुक्रवार पुष्टि गरे ।
भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका साहमाथि बिहीबार बिहान सशस्त्र प्रहरीले गोली चलाएको थियो । घटनापछि सिर्जित तनाव र बढ्दो विरोधका बीच प्रशासनले दोषीलाई नियन्त्रणमा लिएको हो ।
छानबिनका लागि उच्चस्तरीय समिति घटनाको निष्पक्ष अनुसन्धानका लागि प्रशासनले सहायक सिडिओ घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत सदस्य रहेका छन् । समितिलाई ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न समय सीमा दिइएको छ ।
Facebook Comments