भरतपुरको विकास कामबाटै प्रमाणित गरेकी छु : मेयर दाहाल
संघीय राजनीतिमा योगदान दिने आफ्नो लक्ष्य
मेयरसाप डेस्क
|
२०८२ पुष १८ गते १८:०९
भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विगत आठ वर्षमा योजनाबद्ध ढंगले काम गरेर भरतपुरको मुहार फेरेको दाबी गरेकी छिन् ।
सुनौलो नेपालद्वारा आयोजित ‘भरतपुर कन्क्लेभ’मा बोल्दै उनले स्थानीय तहको विकास बोलेर भन्दा पनि व्यवहारमा देखाएर जनताको मन जित्न सफल भएको बताइन् ।
दाहालले आफ्नो कार्यकालमा सडक विस्तार, स्वास्थ्य, शिक्षा, खानेपानी र सुशासनका क्षेत्रमा महानगरले उल्लेखनीय फड्को मारेको उल्लेख गरिन् । भरतपुरलाई व्यवस्थित र स्मार्ट सहर बनाउन दीर्घकालीन योजनाहरू अघि बढाइएको उनको भनाइ छ ।
आगामी सङ्घीय निर्वाचनमा होमिने तयारीमा रहेकी दाहालले पदका लागि भन्दा पनि माथिल्लो तहमा गएर देशका लागि ठूलो योगदान दिने आफ्नो लक्ष्य रहेको स्पष्ट पारिन् ।
Facebook Comments