भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

No Author Assigned | २०८२ पुष १९ गते २२:२८
Image of https://mayorsap.com/storage/photos/shares/bhadrapur-budda.jpg

काठमाडौं। बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको छ।

शुक्रबार बेलुका काठमाडौँबाट यात्रु लिएर गएको विमान अवतरण गर्ने क्रममा रनवेमा चिप्लिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

‘विमान अवतरण गर्ने क्रममा चिप्लिएर २०० मिटर पूर्वतर्फ सानो खोल्सामा पुगेको छ। यात्रुहरुको उद्धार गरिरहेका छौँ। अहिलेसम्म कुनै मानवीय क्षती छैन। विमानमा पनि ठूलो क्षति देखिएको छैन’, झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले भने। एसपी लिम्बुका अनुसार सवा ९ बजेतिर विमान अवतरण गरेको थियो। विमानमा ५१ जना यात्रु सवार थिए।

बुद्ध एयरको ९ एन–एएमएफ कलसाइनको विमानको अगाडीको भाग माटोमा धस्किँदा क्षति पुगेको छ। चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहेको पनि प्रहरीले जानकारी दिएको छ।

अहिले त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको छ।


Facebook Comments