अनावश्यक बाहिर ननिस्कन र सतर्कता अपनाउन आग्रह

चिसोबाट बच्न मन्त्रालयको अपि

User Image मेयरसाप डेस्क | २०८२ पुष १९ गते १०:१३
Image of https://mayorsap.com/storage/photos/shares/health-ministry.png

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा हुने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी अत्यधिक चिसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।

जाडोका कारण रुघाखोकी, ज्वरो, दम र हाइपोथर्मिया जस्ता समस्या देखिन सक्ने भन्दै मन्त्रालयले सन्तुलित र तातो झोलिलो खाना खान, न्यानो लुगा लगाउन र भिटामिन–सी युक्त फलफूल सेवन गर्न सुझाव दिएको छ । साथै, जाडोयाममा बढ्ने वायु प्रदूषणले मुटु र फोक्सोमा गम्भीर असर पार्ने भएकाले धुवाँ–धुलोबाट बच्न समेत सचेत गराएको छ ।

मन्त्रालयले आगो वा हिटर ताप्दा पर्याप्त हावा आवतजावत हुने ठाउँमा मात्र प्रयोग गर्न र सुत्ने बेलामा अनिवार्य निभाउन आग्रह गरेको छ । गिजर प्रयोग गर्दा बाथरुमबाहिर जडान गर्न र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।


Facebook Comments