शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग परामर्श
मेयरसाप डेस्क
|
२०८२ पुष १९ गते १२:५६
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र बढ्दै गएको आन्तरिक विवाद र आगामी महाधिवेशनको विषयलाई लिएर आफूनिकट नेताहरूसँग छलफल गरेका छन् ।
शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग उनले अन्तरक्रिया गरेका हुन् ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार, पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण गराउने र मुलुकमा देखिएको संकट समाधानमा कांग्रेसको भूमिकाबारे छलफल केन्द्रित थियो ।
विशेषगरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र महामन्त्रीहरूले अघि सारेको विशेष महाधिवेशनको मागका बीच कसरी समन्वय गर्ने भन्ने विषयमा कोइरालाले राय लिएका छन् ।
छलफलमा सहभागी नेताहरूले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।
साथै, अनुशासन समितिले कारबाही मिनाहा गरेका व्यक्तिहरूलाई उनीहरूको पुरानै पदमा बहाली गराउन पहल गरिदिन कोइरालासँग माग समेत गरिएको छ ।
Facebook Comments