सिरहामा सडक दुर्घटना हुँदा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ पुष १९ गते १३:२३
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-7bb5118a.jpeg

सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । खोक्सी निवासी मोटरसाइकल चालक मो. नदिमको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल दुई टुक्रा भएको थियो भने स्कार्पियो सडकमै उतानो परेको थियो ।

दुर्घटनामा संलग्न स्कार्पियोको नम्बर बा प्रदेश–०१–०२७ ब ००८२ र मोटरसाइकलको नम्बर स ६ प ८६१ रहेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments