रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटन हुँदा २ जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १२:२२
रोल्पा । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएर घर फर्किँदै गरेका विद्यार्थी सवार जीप दुर्घटना हुँदा रोल्पामा दुई जना बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा अन्य ९ जना विद्यार्थी घाइते भएका छन् ।
सुनछहरी गाउँपालिका–१ गाम खोलाको सेरमबाट वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति सडकमा दुर्घटना भएको हो । मृत्यु हुनेमा सुनछहरी–४ का १२ वर्षीया दीपा पुन र सोही उमेरका सुनिल विक रहेका छन् । उनीहरू दुवै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।
रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार। दुर्घटनामा घाइते भएका ९ जना विद्यार्थीहरू १२ देखि २४ वर्ष उमेर समूहका छन् । घाइते हुनेहरूमा हिमाल विक, अमृता पुन, जमुना विक, अस्मिता विक, पवित्रा पुन, शनि विक, विपना घर्ती मगर, किसन घर्ती मगर र हस्तिरा विक रहेका छन् ।
घाइतेहरूलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको छ । खेलकुद उत्सवबाट खुसी हुँदै घर फर्किएका विद्यार्थीहरू दुर्घटनामा परेपछि गाउँ र विद्यालय शोकमा डुबेको छ ।
Facebook Comments