चार पदाधिकारी थप गर्ने रास्वपाको निर्णय
मेयरसाप डेस्क
|
२०८२ पुष २० गते १८:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सांगठनिक संरचना विस्तार गर्दै चार जना नयाँ पदाधिकारी थप गर्ने निर्णय गरेको छ ।
आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पार्टी एकीकरण र विस्तारका क्रममा भएका अघिल्ला सम्झौता कार्यान्वयनका लागि यो निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार, विधान संशोधनमा समावेश हुने गरी १ उपसभापति, १ महामन्त्री, १ सहमहामन्त्री र १ सहप्रवक्ता पद थपिएको छ ।
विभिन्न राजनीतिक दल र समूहसँगको समायोजनपछि सन्तुलन मिलाउन र कार्यसम्पादनलाई चुस्त बनाउन रास्वपाले पदाधिकारीको संख्या बढाएको हो ।
Facebook Comments