बकैया कप फुटबल प्रतियोगिताको ७ औँ संस्करण पौष २८ देखि सुरु
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते १४:४५
मकवानपुर। बकैया गाउँपालिकामा आयोजना हुने ७ औँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता आगामी पौष २८ गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते ल्होछारको दिन सम्पन्न गरिने आयोजक समितिले जानकारी दिएको छ। बकैया कपलाई बकैया गाउँपालिकाकै प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा लिइँदै आएको छ।
प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएकाे छ । स्थानीय तहमा खेलकुदको विकास, युवाहरूलाई लागूपदार्थ, हिंसा तथा नकारात्मक गतिविधिबाट टाढा राखी सकारात्मक र अनुशासित जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले बकैया कप आयोजना हुँदै आएको आयोजक समितिको भनाइ छ। साथै प्रतियोगिताले गाउँपालिका भित्रका युवाबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकता मजबुत बनाउने अपेक्षा गरिएको छ।
Facebook Comments