मलाई अन्तर्राष्ट्रिय कानुन चाहिँदैन : ट्रम्प

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते १८:०५
Image of https://mayorsap.com/storage/photos/shares/trump6.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुनको आवश्यकता नभएको बताएका छन् ।

न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आफूलाई आफ्नै नैतिकता र मस्तिष्कले मात्र रोक्न सक्ने दाबी गरेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘यो कानुनको परिभाषामा निर्भर गर्छ। म मानिसहरूलाई दुःखी बनाउन चाहन्नँ, तर मलाई रोक्ने मेरो आफ्नै विवेक हो ।’

उनले ग्रीनल्यान्ड कब्जा गर्ने विकल्पहरू अध्ययन गरिरहेको स्वीकार गर्दै स्वामित्वको महत्त्वमा जोड दिए । उनले सम्झौता वा लिजभन्दा पूर्ण स्वामित्वले मात्र मानसिक सफलता दिने बताए ।

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई हटाउने निर्णयको बचाउ गर्दै ट्रम्पले अमेरिकामा ‘ग्याङ मेम्बर’ पठाएको आरोप लगाए । उनले यसलाई चीन वा रुसको घटनासँग तुलना गर्न नमिल्ने तर्क गरे ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान कब्जा गर्नेमा आफूलाई विश्वास नभएको बताउँदै त्यसो गरेमा आफू खुसी नहुने चेतावनी दिए ।


Facebook Comments