गगन नेतृत्वको कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते ०९:४५
Image of https://mayorsap.com/storage/photos/shares/gagan.JPG

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै छ। निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त भएको भोलिपल्टै सभापति थापाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।  

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको नेताहरुले बताएका छन् । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।


Facebook Comments