गगनलाई सुजता कोइरालाको सुझावः वीपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सिएर अगाडि बढ्नुस्

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते ११:४८
Image of https://mayorsap.com/storage/photos/shares/sujata.PNG

काठमाडौं ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गगन थापालाई नेपाली कांग्रेसको सभापति भएकोमा बधाई दिएकी छन् । सामाजिक सञ्जालमा भिडियोमार्फत उनले थापालाई बधाई दिँदै वीपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सिएर अगाडि बढ्न सुझाव समेत दिएकी हुन् ।

उनले अहिले पार्टी फुटेको नभएर पार्टीमा नयाँ सभापति चयन भएको समेत उल्लेख गरेकी छन् । कोइरालाले देश, जनता र समाजले नै परिवर्तन चाहिरेको बेला नेपाली कांग्रेसमा समेत परिवर्तन आएको भन्दै यसबाट कसैलाई नडराउन र नआत्तिन आग्रह गरेकी छन् । उनले भनिन्, ‘हामीले परिवर्तनसँग डराउनु हुँदैछ । युवाले, समाजले, देशले परिवर्तन चाहिरहेको छ । त्यो परिवर्तनलाई हाँसेर आगालो मार्नुपर्छ ।’

कोइरालाले थप भनिन्, ‘नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ । पार्टी फुटेको मलाई महशुस भएको छैन । नयाँ सभापति आउनु भएको छ । अलि छिटो आउनु भयो, त्यति मात्र फरक हो । नयाँ सभापति गगन थापालाई म बधाइ दिन चाहन्छु । नेपाली कांग्रेसलाई वीपीको विचार, गिरिजाबाबुको संगठनलाई नबिर्सिएर अगाडि बढाउनुस् ।’


Facebook Comments