चुनावी कार्यक्रममा सरकारी गाडी प्रयोग नगर्न निर्देशन
निर्वाचन आचारसंहितामा कडाइ
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते ११:०३
जलेश्वर । जिल्ला प्रशासन कार्यालय महोत्तरीले राजनीतिक दलहरूलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया चरणबद्ध रूपमा अगाडि बढिरहेको सन्दर्भमा जिल्लामा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट सरकारी साधन प्रयोग गर्न आग्रह गरेको हो ।
साथै राजनीतिक दल तथा दल निकट भ्रातृ सङ्गठनबाट हुने सभा, सम्मेलनलगायत कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमति लिएर मात्र सञ्चालन गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज हुने मनोयन दर्ताका लागि जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा सबै तयारी पूरा भइसकेको र निर्वाचन अधिकृतको कार्यालय तयारी अवस्थामा बसेको जानकारी दिएको छ ।
Facebook Comments