सुन प्रतितोला २ लाख ८४ हजार ७ सय पुग्यो
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते ११:२१
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले आज (मंगलबार) हालसम्मकै उच्च विन्दु कायम गर्दै नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबारको तुलनामा प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको हो ।
सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुनले लगातार दोस्रो दिन ऐतिहासिक उचाइ छोएको हो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको छ, जुन अहिलेसम्मकै महँगो हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,७०० अमेरिकी डलर पुगेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ ।
Facebook Comments