प्रेम प्रस्ताव अस्वीकार गर्दा बालिकाको ह*त्या
१९ वर्षपछि पक्राउ परे आरोपी
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते ११:४७
सिरहा । सिरहामा १९ वर्षअघि एक बालिकाको घाँटी थिची हत्या गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । २०६३ सालमा १६ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा कल्याणपुर नगरपालिका–१२ का ४९ वर्षीय उतिम मुखिया पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार, २०६३ मङ्सिर १३ गते ती बालिका मृतावस्थामा फेला परेकी थिइन् । अनुसन्धानबाट मुखियाले राखेको प्रेम प्रस्ताव बालिकाले अस्वीकार गरेपछि आक्रोशमा आएर उनले सल र हातले घाँटी थिची हत्या गरेको खुलेको छ ।
हत्यापछि लामो समय भारतका विभिन्न स्थानमा लुकेर बसेका मुखिया हालै घर आएको गोप्य सूचनाका आधारमा माघ ३ गते पक्राउ परेका हुन् । पक्राउ परेका मुखियामाथि सिरहा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments