तनहुँको कोत्रेमा टिपर दुर्घटना : चालकको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १२:०३
Image of https://mayorsap.com/storage/photos/shares/accident_1.jpg

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ कोत्रेमा आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटका ४२ वर्षीय रामबहादुर गुरुङ रहेका छन् ।

कोत्रेबाट थप्रेकतर्फ गिटी बोकेर जाँदै गरेको ग १ क ६४८५ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा बिहान १०ः५६ बजे मृत्यु भएको जनाइएको छ ।


Facebook Comments