रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले सम्हाल्ने
तीन मन्त्रीको राजीनामा स्वीकृत
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १२:१७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका साथ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि यी तीनवटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीलाई सुम्पिएको हो ।
निर्वाचनको मुखमा मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्रीमाथि कार्यभार थपिएको छ ।
Facebook Comments