रेनु दाहालले दिइन् भरतपुरको मेयरबाट राजीनामा

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते १२:२९
Image of https://mayorsap.com/storage/photos/shares/renu-dahal.jpg

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका लागि उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको अन्तिम बैठकपछि आफ्नो दोस्रो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

दाहालको राजीनामासँगै स्थानीय सरकार सञ्चालन ऐनअनुसार उपप्रमुख चित्रसेन अधिकारीले महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका छन् । 

कार्यवाहक प्रमुख अधिकारीले दाहालको नेतृत्वमा सुरु भएका अधुरा योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

याे पनि:

भरतपुर महानगर : बाहिर चर्चाको राप, भित्र विकास खर्चमा लज्जास्पद


Facebook Comments