महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १२:४८
म्याग्दी । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार बिहानै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि पुनले यसअघि नै शिक्षामन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका पुनको उम्मेदवारीले म्याग्दीको चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
Facebook Comments