बालेन शाहले गराए झापा–५ बाट उम्मेदवारी दर्ता
मेयरसाप डेस्क
|
२०८२ माघ ६ गते १३:२६
झापा । मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आज झापा–५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा समर्थकहरूको बाक्लो उपस्थिति र बाजागाजासहित पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका लागि पुगेका शाहलाई स्थानीयले ठाउँ–ठाउँमा कलश थापेर भव्य स्वागत गरेका थिए ।
स्थानीय तहमा उल्लेख्य सुधारका काम गरेर चर्चामा रहेका शाहले यसपटक संघीय संसद् छिर्ने लक्ष्यका साथ झापा राजेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा–५ मा बालेनको उम्मेदवारीसँगै यो क्षेत्र देशभरकै सर्वाधिक चासोको केन्द्र बनेको छ ।
Facebook Comments